७ माघ, बारा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जिल्लामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका–१ पिपरपाती टोल बस्ने रामयाद महतो रहेका छन् । ३२ वर्षीया श्रीमती मालती देवी नुनियाको हत्या गरेको अभियोगमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

महतोले गत शुक्रबार श्रीमतीको हत्या गरी सोही ठाउँस्थित जमुनी नदीको किनारमा लगेर शव जलाउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनास्थलमा शव जल्दै गरेको अवस्थामा फेला पारेको थियो ।

surkhet-samuhik-dahasanskar

उक्त घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यलाय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । महतोलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय बाराले जनाएको छ ।