१० भदौ, एजेन्सी । श्रीमती बलात्कार गर्ने एक युवकलाई १६ वर्षको जेल सजाय तोकिएको छ । रेन्बो नामक युवकसँग प्रेम विवाह गरेकी युवतीले विवाहपछि उनको व्यवहारमा परिवर्तन आएको बताइन् ।

युवतीले भनिन्, ‘उसले मलाई आफूसँग सम्बन्ध राख्नु तेरो काम हो भन्थ्यो । त्यसपछि उसले घरमै मलाई बलात्कार ग¥यो ।’ युवतीले श्रीमानविरुद्ध अदालतमा मुद्दा दायर गरेर सबै प्रमाणहरु पेश गरिन् ।

बेलायतको साउथ वेल्समा बस्ने महिलाले सबैभन्दा पहिला आफूमाथि २०१५ मा आक्रमण भएको बताइन् । त्यो समयमा उजुरी गर्दा पतिलाई २१ महिनाको जेल सजाय भएको थियो । जेलबाट छुटेपछि पनि श्रीमतीमाथि पुनः आक्रमण गर्न थालेको थियो ।गतवर्ष जुलाईमा अचानक महिलाको फ्ल्याटमा पुगेर बलात्कार गरेका थिए ।

घटनापछि महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले तुरुन्त पक्राउ गरेको ३६ वर्षीय रेन्बोलाई अदालतले २०१९ को फेब्रुअरीमा १६ वर्षको कैद सजायको फैसला सुनाएको हो । अदालतले सधैँको लागि श्रीमतीसँग भेट्नपनि रोक लगाएको छ ।