३ भदौ, एजेन्सी । एक युवकलाई ४५ जना केटी बलात्कार गरेको आरोप लागेको छ । युवकको पत्नी पनि उक्त अपराधमा संलग्न भएको घटना सार्वजकिन भएको छ । यो घटना पाकिस्तानको रवालपिंडीको हो ।

आरोपी कासिम जहांगीरले ४५ युवतीलाई बलात्कार गरेको कुरा स्वीकारेका छन् । पुलिसले आरोपी कासिम जहांगीर र उसकी पत्नी किरण महमूदलाई पक्राउ गरेको हो । श्रीमानले बलात्कार गर्दैगर्दा श्रीमतीले भिडियो र फोटो खिच्ने गर्थिन् र त्यसलाई एडल्ट पोर्न साइटमा बेच्ने गर्थिन् ।

एक पाकिस्तानी पत्रिकाका अनुसार श्रीमानश्रीमतीले १० जना पीडित महिलाहरुले लगाएको आरोप स्वीकार गरेछन् । एक एमएससीमा अध्ययनरत विद्यार्थीले प्रहरीमा उजुरी गरेपछि यसको विषयमा अनुसन्धान थालिएको हो ।

विद्यार्थीका अनुसार उनलाई कलेज अगाडिबाट अपहरण गरेर लगिएको थियो र चक्कु देखाएर श्रीमानले बलात्कार गरेको र श्रीमतीले भिडियो बनाएको हो । भिडियो देखाएर ब्ल्याकमेल गर्दै आफूलाई राति छोडिदिएको पीडित विद्यार्थीले बताइन् । आरोपीले ८ देखि १२ वर्षका बालिकाहरुसँग पनि यस्ता हर्कत गर्ने गरेको स्वीकार गरेका छन् ।

आरोपीको घरबाट प्रहरीले आपत्तीजनक भिडियो र फोटोहरु बरामद गरेको छ । उनीहरुले उक्त फोटो र भिडियो अन्तर्राष्ट्रिय वेबसाइटहरुलाई बेच्ने गर्दथे । उनीहरुलाई जेल पठाइदिएको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।