१५ भदौ, काठमाडौं । १९ वर्ष मुनीको एशिया कप क्रिकेटका लागि नेपाली युवा टोली अहिले श्रीलंकामा छ । केही दिन अघि नै श्रीलंका पुगेको नेपाली टोलीले त्यहाँका स्थानीय क्लबहरुसँग तीन वटा मैत्रीपूर्ण खेल खेलेको छ । जसमध्ये एउटा खेल जित्दा दुई खेल भने हार्न पुग्यो ।

मैत्रीपूर्ण खेल सकेपछि अहिले नेपाली टोली आफैं अभ्यासमा व्यस्त छ । एशिया कपको पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । समूह ’बी’ मा रहेको नेपालले श्रीलङ्कासँग यही भदौ २० गते खेल्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बङ्गलादेश र अन्तिम खेलमा भदौ २४ गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ ।

त्यस्तै समूह ए मा भने भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । आइतबार नेपाली टोलीले गरेको अभ्यास १० फोटोमा हेरौं । तस्वीरहरु सौजन्यः रमन शिवाकोटी