२६ एजेन्सी, एजेन्सी ।

इंग्ल्यान्डको मेनचेस्टरमा बस्ने एक जोडी ६७ बर्ष एकसाथ बिताए, अब अन्तिम श्वास पनि सँगै लिइरहेका छन् । ८७ बर्षीया बिअट्रिश ह्वाइटहेड पछिल्लो ६ बर्षदेखि हड्डीको क्यान्सरबाट लडिरहेकी छिन् । त्यस्तै, उनका बाल्यकालदेखिको प्रेम ९० बर्षीया उनका श्रीमान् बर्ट हरबखत उनलाई साथ दिन तयार छन् ।

यी जोडीको विवाह सन् १९५० मा भएको थियो, जुन बेला बिएट्रिश १५ र बर्ट १७ बर्षका थिए । उनीहरुको विवाह भएको ६७ बर्ष पुगिसक्यो, तर उनीहरुबीचको प्रेम आज पनि उस्तै छ । उनीहरुका ४ सन्तान, ४ नाति र ५ पनाति छन् । ५२ बर्षीय छोरी सुज्यान्नेका अनुसार, पछिल्लो ६ बर्षदेखि आमा क्यान्सरबाट पीडित छिन् र उनलाई जबदेखि अस्पतान भर्ना गरिएको थियो । त्यसको केही दिन पछिदेखि नै बुबाको पनि स्वास्थ्य बिग्रियो । अन्नतः बुबालाई पनि अस्पताल भर्ना गर्नुपर्यो । उनीहरुबीचको प्रेम यति गाढा छ, बिएट्रिशले आफ्नो उपचार बिचमै रोकिन् ।

उनीहरु यतिबेला ‘रोयल बोल्टोन’ अस्पतालमा जीवनका अन्तिम दिनहरु साथ बिताइरहेका छन् । अस्पतालका स्टाफले पनि दुवैको प्रेमलाई देखेर जीवनको अन्तिम क्षणमा सँगै राख्ने निर्णय लिए । अस्पतालका कर्मचारीहरुले दुवैको ‘बेड’ सँगसँगै राखिदिए, ताकि एक–अर्काको हात थाम्न सकुन् । बिरामीका ज्वाईका अनुसार, जब दुवैको ओछ्यान एक–अर्काको नजिक राखियो, बेर्ट(बुबा) मुस्कुराउँन थाले, त्यो क्षण साँच्चिकै भावुक बनाउँने खालको थियो । अस्पतालका एक प्रवक्ताले यो जोडी जीवनको अन्तिम क्षणसम्म दुवैले आफूलाई एकसाथ राख्ने प्रयास गरिरहेको बताए ।