२९ मंसिर, काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले तराइ मधेशमा जारी आन्दोलन र भारतीय नाकाबन्दी अन्त्यका लागि ४ बुँदे समाधानको फर्मुला अघि सारेका छन् ।

४ महिना देखि मधेश आन्दोलन, ३ महिनादेखिको भारतीय नाकावन्दी, तथा २ महिनादेखिको नवगठित सरकारको चीरनिद्राबाट नेपाललाई मुक्त गराउन भन्दै उनले ४ बुँदे समाधानको शुत्र अघि सारेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकबाट उनले सरकार र मधेशी मोर्चाबीचको वार्ता स्वतन्त्र ब्यक्तिको मध्यस्थतामा गराउने, मधेशी आन्दोलनकारीले नाका केन्द्रित नभएर काठमाडौं वा सदरमुकाम केन्द्रित आन्दोलन गर्ने, नागरिक अगुवाले सत्याग्रह गर्ने र भारतले नाकाबन्दी अघोषितरुपमा नै फिर्ता लिने भन्दै बाबुरामले ४ बुँदे समाधानको शुत्र अघि सारेका हुन् ।

Baburam formula for political deadlock 29 mangsir

धेरै पछि बाबुरामको सबैले वाह ! भन्ने बोली

बाबुरामले यस अघि पूर्व बिशिष्ठलाई आजीवन विलाशी सुविधा दिने सरकारको तयारीको विरोध गरेर वाही वाही पाएका थिए ।

बाबुरामको पछिल्लो प्रस्तावले राजनीतिक बजार कत्तिको तताउँछ त्यो भने हेर्न बाँकी नै छ ।

प्रचण्डलाई बाबुरामको जवाफः प्रचण्डको दस्तावेज ‘अष्टपदी निबन्ध’