१० साउन, काठमाडौं ।
संविधानको प्रारम्भिक मस्यौदा माथि सुझाव संकलनका लागि २ सय ४० टोली सबै जिल्लाको निर्वाचन क्षेत्रमा खटिएका थिए । त्यति मात्र होइन, संविधानसभा सचिवालयको वेभसाइट, इमेल, फ्याक्स र टोलफ्रिबाट पनि सुझाव संकलन भएका छन् ।

वेबसाइट मार्फत संविधानको मस्यौदा माथि विश्वका ५८ मुलुकबाट सुझाव आएका छन् । त्यसको संख्या २० हजार ७ सय २२ छ । यि मध्ये लगभग ७ सय ५५ नेपालबाटै थिए भने २ सय ५५ सुझाव विदेशबाट आएका सचिवालयले जनाएको छ ।

विदेशबाट आएका सुझावमध्ये सवभन्दा धेरै अमेरिका, त्यसपछि खाडि मुलुक हुदै सवभन्दा कम अफ्रिकिमुलुक सुडानबाट १ वटा सुझाव आएको सचिवालयका कम्प्यूटर अधिकृत प्रदिप नेपालले जानकारी दिए ।

इमेलबाट पनि विदेशमा रहेका नेपालीहरूले उत्तिकै संख्यामा सुझाव पठाएका छन् । तर इमेलमा विदेशबाट आएका सुझाव पत्ता लगाउने प्री प्लान नहुदा यत्ति नै संख्या भन्न नसकिएको कम्प्यूटर अधिकृत नेपालको भनाई छ ।

तर अन्दाजि कुल इमेलमध्ये लगभग २ सय ५५ जति इमेल विदेशमा रहेका नेपालीहरूले पठाएको सचिवालयको अनुमान छ ।