३ असोज, काठमाडौं ।

राष्ट्रपतिले संविधान जारी गर्दै दिएको भाषण-
नेपालको संविधान देशको समृद्धीका लागि बनाएको संविधान जारी गर्न पाएकोमा म हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्दछु । ४ दशक अघि शुरु गरेको लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा ब्यक्त चाहानाले आज मुर्त रुप लिएको छ ।

लोकतान्त्रिक आन्दोलनका आदारणीय सहिद, नेपाली जनता र जननायकप्रति सम्मान प्रकट गर्दछु । संघीय गणतन्त्र संस्थागत भएको छ ।

rambaran sambodhan samsad

सार्वभौम सत्ता जनतामा भन्ने मान्यता पनि स्थापित भएको छ । संघीयता र गणतन्त्र सहितको बहुदलीय समावेसी समानुपातिक प्रतिनिधित्व पनि सुनिश्चित भएको छ । अव संविधानले झनै फराकिलो हुँँदै जाने विश्वास लिएको छु ।

प्रत्यक्ष भिडियोका लागि

 

 

बहुधार्मिक बहुसांस्कृतिक पक्षको प्रवर्द्धनमा संविधानले मुख्य भूमिका खेल्ने छ । राष्ट्रिय एकता सहिष्णुता र मेलमिलापका लागि संविधानसभाबाट प्राप्त भएका जनताका अधिकार स्थापित हुँदै जानेछन् । संविधाान गतिशिल दस्तावेज हो । यसलाई परिमार्जन गर्दै जान सकिन्छ । राष्ट्रको जय होस् । सबै नेपालीको जय होस् धन्यवाद ।