३ असोज, काठमाडौं ।

नेपालस्थित भारतीय दुतबासले नेपालको संविधान २०७२ लागु भएकोमा स्वागत गर्दै देशमा विभिन्न भागमा देखिएका हिंसात्मक घटनाप्रति चिन्ता ब्यक्त गरेको छ ।

नेपालको संघीयता गणतन्त्रात्मक संविधान जारी गर्न भारतको साथ र सहयोग रहेको उल्लेख गर्दै भारतीय दुताबासले भारतसँगको सीमा क्षेत्रमा रहेका नेपाली भभूभागमा देखिएका तनावप्रति चिन्ता ब्यक्त गरेको छ ।

Indian Embassy press release after constitution issuance

भारतीय राजदुतले प्रधानमन्त्री सुशील कोइरालासँग कुरा गरेको जानकारी सहित यो विज्ञप्तिमा फरक मतहरुलाई वार्तामार्फत समाधान गर्ने वातावरण बनोस भन्ने सुभेच्छा समेत ब्यक्त गरिएको छ ।

मोदीका दुत भारत फर्केपछि भारतीय मिडियाको प्रतिक्रिया- नेपालले टेरेन

संविधान सर्वस्वीकार्य हुनु पर्नेमा जोड दिइएको विज्ञप्तिमा यो संविधानले नेपालमा शान्ति, समृद्धी र विकाशका लागि आधार तयार गर्ने शुभकामना पनि दिइएको छ ।