२ असोज, हेटौंडा । प्रदेश–३ को अस्थायी राजधानी हेटौंडाको मुख्य स्थान बुद्ध चोकमा शुक्रबार बिहान बम फेला परेको छ ।

फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरेको छ । संविधान दिवस अवसरमा प्रदेश सरकारको आयोजना गरेको र्‍याली निस्कने बाटो मै बिहानै बम भेटिएको हो ।

बिहान साढे ५ बजे भेटिएको बम ७ बजे सेनाले डिस्पोज गरेको हो । मध्य पृतना हेर्डक्वार्टरबाट आएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्दा ठूलो आवाज आएको थियो ।

टेपले बानेर राखेको प्रेसर कुकरभित्र ढुङ्गा र तार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।