२१ भदौ, काठमाडौं । सरकारले संविधान दिवसको दिन लगाउने टी–सर्टको नमूना सार्वजनिक गरेको छ । शुक्रबार गृहमन्त्रालयले संविधान दिवसको दिन लगाउने भन्दै चारवटा टी–सर्टका नमूनाहरु सार्वजकिन गरेको हो । टीसर्टको नमूना सार्वजनिक गदैै सरकारले उक्त दिन यस्तो टिसर्टहरु लगाउन अनरोध गरेको हो ।

यसअघि गृह मन्त्रालयले राष्ट्रिय झण्डाको नमूना पनि सार्वजनिक गरेको थियो । सरकारले यो वर्षको संविधान दिवस हरेक घरमा राष्ट्रिय झण्डा फहराउनुका साथै दीप प्रज्वलन गरेर मनाउन अधुरोध गरेको छ । केहीदिन अघि मात्र सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधान दिवसको दिन दिएको विदा बियर खान र प्रेमीप्रेमीका भेट्न नभएको बताएका थिए । उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।