१६ फागुन, एजेन्सी । अमेरिकाले ल्याएको र नेपालमा व्यापक चर्चा पाएको एमसीसी सहयोगको कार्यक्रम अहिले श्रीलंकामा पनि विवादित बनिरहेको छ ।

विवादका बीच श्रीलंकाको मन्त्रिपरिषद्ले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको छ ।

उक्त सम्झौता अध्ययनका लागि गठन गरिएको विज्ञहरु सम्मिलित समितिको सुझावपछि श्रीलंका सरकार यस्तो निर्णयमा पुगेको श्रीलंकाको दैनिका पत्रिका डेलीमिररले लेखेको छ ।

समाचारमा श्रीलंका सरकारका प्रवक्ताले राष्ट्रिय सुरक्षा चिन्तालाई मध्यनजर गर्दा एमसीसी सम्झौता संविधान बमोजिम नभएको बताएको उल्लेख गरिएको छ । यद्यपि यस विषयमा अमेरिकासँग थप छलफल गर्न सरकार तयार रहेको उनको भनाइ छ ।