१ भदौ, बिराटनगर । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

SAMSUNG CAMERA PICTURES

त्यसका लागि संविधन संशोधन प्रस्ताव तत्काल संसदमा लानुपर्ने उनले बताए । संविधान संशोधन नभएसम्म मधेशी मोर्चाले उठाएका मागको सम्बोधन नहुने उनको भनाई छ ।

चीन भर्सेज भारतः को सँग कति सेना र हतियार (फिचर)

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै महतोले मधेशको माग सम्बोधन नभएसम्म मधेशवादी दल सरकारमा नजाने पनि प्रष्ट पारे । महतोले मधेस आन्दोलनमा ज्यान गुमाएकालाई शहिद घोषणा, घाइतेलाई क्षतिपूर्ति दिनेलगायतका काम सरकारले पुरा गर्नु पर्ने बताए ।