१९ कात्तिक, एजेन्सी । संसारभरका अधिकांश मानिसहरु आतिशबाजी गर्न चाहन्छन् । तर यदि आतिशबाजीको भुत आवश्यकभन्दा बढी चढीसकेपछि भने मानिसकै लागि त्यो भारी पर्नसक्छ । त्यस्तै घटना स्कटल्याण्डमा भएको छ ।

त्यहाँकी एक स्काटिस व्यक्तिले आफ्नो संवेदनशील अंगबाट रकेट छोडे, जुन उनको लागि भारी भएको छ । रकेटबाट निक्लिएको आगोबाट युवक जलेका छन् । यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोमा दुई युवक देखिएका छन् । यसबाट एक युवकले आफ्नो संवेदनशील अंगमा रकेट लगाउँदै छन् भने अर्को युवकले रकेटमा आगो लाउछन् । रकेटबाट निक्लेको आगो युवक लाग्छ । उनी अगाडि हिड्छन् त्यहि समयमा रकेट पड्कन्छ ।

रोयल सोसाइटी फ द प्रिवेंशन अफ एक्सिडेन्टको प्रवक्ताका अनुसार आतिशबाजी गर्नको लागि पनि हामीले अब नियम बनाएका छौं, ताकी कसैले पनि पटााकासँग नखेलोस् । प्रवक्ताले आतिशबाजीको भिडियोलाई चिन्ताजनक भएको बताउँदै पटकासँग खेल्न नहुने उल्लेख गरे । भिडियोमा कुनै बैंकको गार्डेनमा खिचिएको हो ।