४ पुस, काठमाडौं ।

संसोधन प्रस्ताव जसरी पनि अघि बढाउने र फिर्ता नलिए सम्म संसद चल्नै नदिने दुई परस्पर विरोधी अडानकाबीच संसद अवरुद्ध हुँदै आएको छ । संसद अवरुद्ध भएको २० दिन भैसकेको छ ।

भारतीय राजदुत रातिमा सुटुक्क बालुवाटार छिरेपछि. . .

सोमबार सभामुख ओनसरी घर्तीले संसद खोल्ने विषयमा प्रमुख तीन दलका नेता सहभागी हुँदैछन् ।

pm oli onsari prachanda deuwa 7345910

संसद खोल्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यतः चार शर्त राखेको छ । संसद खोल्नु अघिः संशोधन विधेयक फिर्ता गर्नु पर्ने, संशोधन विधेयक थाती राखेको घोषणा गर्नु पर्ने, संसद्को कार्यसूचीमा निर्वाचनसम्बन्धी विधेयक पेस गर्नु पर्ने र २०७४ माघ ७ भित्र चुनाव गर्ने विश्वासिलो मार्गचित्र प्रस्तुत गर्नु पर्ने एमालेको शर्त छ ।

अमेरिकालाई चीनको चेतावनी- जासुसी गर्न बन्द गर !

प्रतिपक्षी नेकपा एमालेले संसदमा जारी राखेको अवरोध हट्ने संकेत नदेखिएपछि सत्तारुढ दलहरु मधेशी दलहरुको साथ लिएर अघी बढ्ने मनस्थितिमा पुगेका छन् । गत शनिबार बालुवाटारमा बसेको सत्तारुढ प्रमुख २ दल तथा मधेशवादी दलहरुको बैठकबाट अव संसदमा दर्ता गरिएको संसोधन प्रस्ताव अघि बढाउने निर्णय गरेका थिए । बैठकले पुस ४ गते आर्थत आज संविधान संशोधन प्रस्ताव संसदमा छलफलको लागि पेश गर्ने निर्णय गरिसकेको छ ।

prachanda-morcha-oli

उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई समर्थन गर्दै कांग्रेस सभापति देउवाले पनि एमालेले अलोकतान्त्रिक व्यवहार देखाएकाले संविधान संशोधन प्रस्ताव जसरी पनि संसदमा पेश गर्ने बचन मधेसी मोर्चालाई दिएका थिए । मधेसी मोर्चाले पनि प्रस्तावको पक्षमा उभिने प्रतिबद्धता जनाइसकेको छ ।

पत्याउनु हुन्छ ? यी युवकको गुगल सर्च सलमान खानको भन्दा बढी हुन्छ

एमाले लगाएतका विपक्षी दलहरुले भने संसद र सडकमा आन्दोलन चर्काउने र संसोधन फिर्ता नलिए सम्म संसद चल्न नदिने निर्णय गरिसकेका छन् । दुवै पक्षको ढुंगे अडानका कारण अव संसदमा भिडन्तको अवस्था आउने संकेत देखिएको छ । संसद भित्र अप्रिय घटना हुन नदिन मर्यादा पालकको संख्या बढाउने तयारी भएको बुझिएको छ ।

kp oli samsad after resigning 108326946