४ पुस, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल एमाले सहितका सांसदले आज पनि संसद अवरुद्ध गरेका छन् । आफ्नो तर्फबाट कुरा राखेपछि विपक्षी सांसदहरु आफ्नो स्थानमा उठेर बस्न अस्वीकार गरेपछि संसद अवरुद्ध हुन पुगेको हो ।

संसदमा कडा प्रतिकार गर्ने प्रतिपक्षी गठबन्धनको निर्णय

संसद अवरुद्ध गर्नु अघि बोल्दै विपक्षी गठबन्धनको तर्फबाट बोल्दै नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजबंसीले महाभारतको युद्धमा कसैले पनि नजितेको उदाहरण दिँदै संसदमा दर्ता भएको संसोधन प्रस्ताव पारित भएपनि ५ नम्बर प्रदेशमा शुरु भएको आन्दोलन आगोमा परिणत हुन सक्ने चेतवनी दिए ।

laxman-rajbamsi

उनले संसोधन प्रस्ताव फेल भए मधेशमा आगो बल्ने भन्दै उनले यो संसोधन प्रस्ताव अघी नबढाउन उनले सत्तापक्षलाई चेतावनी दिए ।

उनको भाषणपछि विपक्षी दलका सबै सांसद उठेका थिए । त्यस लगत्तै सभामुख ओनसरी घर्तीले पुस ७ गते सम्मका लागि संसद स्थगित भएको घोषणा गरेकी छिन् ।

samsad-marshal

निरन्तर संसद अवरुद्ध हुँदै आएपछि आजै मात्र सभामुख ओनसरी घर्तीले खुलाउन पहल स्वरुप प्रमुख दलका शीर्ष नेतालाई बोलाएर गरेको छलफल निष्कर्षविहीन भएको थियो । सभामुखले आफ्नै कार्यकक्ष सिंहदरबारमा डाकेको कांग्रेस, एमाले र माओवादीको शीर्ष बैठकले कुनै सहमति गर्न नसकेको हो ।

भारतीय राजदुत रातिमा सुटुक्क बालुवाटार छिरेपछि. . .

छलफलमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सहभागी थिए । साथै, सबै दलका प्रम्ुख सचेतकको पनि सहभागिता थियो ।

एमालेले संविधान संसोधन प्रस्तावमा असहमति राख्दै संसद अवरुद्ध हुँदै आएको छ । संसद अवरुद्ध हुँदा लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव अलपत्र परेको छ । संविधान संसोधन र निर्वाचन सम्बन्धी कैयन् विधयेक अलपत्र छन् ।

यस्तोमा विश्वासको वातावरणका लागि भन्दै सभामुखले पहल गरे पनि नेताहरु आफ्नै अडानमा रहेका हुन् । यो छलफल अघि बसेको प्रमुख प्रतिपक्षी दलको बैठकले संसद चल्न नदिने निर्णय गरेको थियो ।