२४ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति एवं नवनिर्वाचित संसदीय दलका नेता शेरबहादुर देउवाले आफूलाई जिताउन मत दिने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । संसदीय दलको नेतामा चयन भए लगत्तै सामाजिक सञ्जाल ट्वीटरबाट देउवाले मतदाताप्रति धन्यवाद ज्ञापन गरेका हुन् ।

संसदीय दलको नेता चयन भएपछिको उनको पहिलो ट्वीटमा भनिएको छ, “कांग्रेस संसदीय दलको नेतामा अमूल्य मतदान गर्नु हुने माननीय मतदाताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । जय नेपाल ।”

sher bdr deuwa twitt after winning samsadiya dal

संसदीय दलको नेतामा चयन भए लगत्तै देउवालाई पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने बाटो पनि खुलेको छ ।

भारतको तयारीप्रति चीनको आपत्ति- भन्यो खवरदार !

प्रस्ताव मन्त्रिपरिषद्बाट ठाडै फिर्ता

भारत-इयु बक्तब्यबारे देउवा मौन ! यस्तो छ रहस्य

आफ्ना प्रतिद्नव्नदी रामचन्द्र पौडेललाई ठूलो मतान्तरले पराजित गर्दै देउवा संसदीय दलको नेता बनेका हुन् । देउवाको पक्षमा १३९ मत परेको निर्वाचन समितिले जनाएको छ । रामचन्द्रले भने केवल ६७ मत प्राप्त गरेका थिए ।

चुनावी दौडमा पराजयका लागि चिनिने रामचन्द्र पौडेल पुनः एक पटक पराजित हुन पुगेका छन् ।

काँग्रेस संसदीय दलका नेता एवम् सभापति सुशील कोइरालाको निधन गत माघ २५ गते सोमबार राति भएपछि सो पद रिक्त रहेको थियो ।

संसदीय दलको नेता पद खाली रहँदा संवैधानिक समितिले सिफारिस गर्ने संवैधानिक अङ्गका रिक्त पदमा समेत नियुक्तिको सिफारिस हुन सकेको छैन ।