२९ मंसिर, काठमाडौं ।

मधेश आन्दोलनमा सेना परिचालन र सेनामा समावेशिकरणको विषयलाई लिएर संसदको राज्य ब्यवस्था समितिमा रक्षामन्त्री भीम रावल र कांग्रेस सांसद अमरेश कुमार सिंहबीच चर्का चर्की भएको छ ।

रक्षामन्त्रीले नेपालमा जस्तो सेनामा समेत समावेशी प्रावधानसहितको संविधान कहिँ पनि नभएको दावी गर्दै गर्दा कांग्रेस सांसद अमरेश भने रक्षामन्त्रीसँग झोंक्किएर बैठक स्थलबाट बाहिरिएका थिए ।

Amresh Kumar Singh 3

मधेशमा सेना परिचालन गरिएको भन्दै अमरेश कुमार सिंह लगायतका सांसदले भीम रावल र प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई र्‍याख र्‍याख्ती पारेका थिए ।

तर रक्षामन्त्रीले नेपाली सेना जस्तो समावेशी सेना विश्वमा कही पनि नभएको र संविधान पनि उत्कृष्ठ रहेको दावी गरेपछि अमरेश कुमार सिंह कड्किएर बैठकस्थल छोडेका हुन् ।

अमरेशले नेपाली सेना समावेशी नरहेको र सेनालाई राजनीतिमा तान्न खोजिएको जिकिर समेत गरेपछि रक्षामन्त्री भीम रावलले पनि प्रतिवाद गरेका थिए ।

Bhim-Rawal DPM

बैठक छोडेर बाहिरिएका अमरेशप्रति आक्रोश पोख्दै रक्षामन्त्री भीम रावलले आफ्नो कुरा सुन्ने तर अर्काको कुरा सुन्न नसक्ने यस्तैले देश विगारेको आरोप लगाएका थिए ।