७ साउन, काठमाण्डौ ।
व्यवस्थापिका संसद बैठक आज बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको आजको बैठकमा सरकारले असार २९ गते पेश गरेको बजेटको मन्त्रालयगत छलफलका लागि मिति तोक्ने सम्भावना रहेको सचिवालयले जनाएको छ ।

तर मन्त्रालयगत छलफलका लागि सरकारको परामर्शमा मिति तोक्नु पर्ने भएपनि अहिलेसम्म सरकारले सम्पर्क नगरेको सचिवालयले जनाएको छ । दिउँसोसम्म सरकारसँगको छलफल पछि अर्को बैठकदेखि मन्त्रालयगत बजेटको छलफलका लागि मिति तोकिन सक्ने सचिवालयका सहप्रवक्ता सुदर्शन कुँईकेलले जानकारी दिए ।

सरकारले गत २९ गतेको संसद बैठकमा ८ खर्ब १९ अर्ब ४६ करोड रुपियाँको बजेट प्रस्तुत गरेको थियो । सभासद्हरु संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलनका लागि जिल्ला जानु पर्ने भएकाले बजेट माथि दुई दिन सैद्धान्तिक छलफल गरेर पेश्की खर्च विधयेक पारित गरिएको थियो ।

संविधानको प्रारमिभक मस्यौदा र बजेट मााथि छलफल गर्नु पर्ने भएकाले अव बिहान संविधानसभा र दिउँसो संसद बैठक बोलाउने सचिवालयको तयारी छ ।