६ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको संभावित जोखिमलाई मध्यनजर गर्दै संसद बैठक एक हप्ता पछि सरेको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठक सार्ने निर्णय गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले दलका सचेतकहरुसँग छलफल गरेपछि भोलीका लागि डाकिएको बैठक एक साता पछि सारेको संघीय संसद सचिवालयले जनाएको छ । सरकारले २५ जनाभन्दा धेरै मानिस भेला नहुन निर्देशन गरेपछि संसद बैठक पनि रोक्नुपर्ने आवाज स्वयम सांसदहरुले उठाउँदै आएका थिए ।

भोली दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक चैत १३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए ।