एजेन्सी ।

संसारभरी नै शहरको आफ्नै महत्व छ । शहरका आफ्नै विशेषता र चर्चा हुन्छन् । शहर नै मानिसको घुम्नका लागि आकर्षण पनि बन्छन् । तर संसारमा यस्ता शहर पनि छन् जहाँ जान मानिसहरु डराउँछन् । थाहा पाइराख्नुस् संसारमा सबैभन्दा बढी अपराध हुने र मानिस जान डराउने चर्चित १० शहर कुन् कुन् ।

१ सेन पेड्रो सालः होण्डुरस

होण्डुरस संसारका बढी अपराध हुने मध्ये प्रमुख देश मानिन्छ । यहाँ ग्याङ्ग फाइट देखि लागु औषध दुर्ब्यसनी र हत्या अपहरण निक्कै धेरै हुन्छ । होण्डुरसको सेन पेड्रो साल संसारका खतरनाक सहरमा एक मानिन्छ ।

10 notorious cities for crime 1
२ स्यूडेड जुआरेजः मैक्सिको

मेक्सिको पनि संसारमा बढी हत्या हिंसा हुने देश मानिन्छ । त्यहाँको स्यूडेड जुआरेज शहर त हत्याहिंसाको राजधानी नै मानिन्छ । लागु औषध माफियालाई स्वर्ग मानिएको यो शहरलाई संसारकै दोश्रो डरलाग्दो शहर घोषणा गरिएको छ ।

10 notorious cities for crime 2

३ मोदादिशुः सोमालिया

सोमालियाको राजधानी मोगादिशु पनि संसारको सबैभन्दा बढी अपराध हुने सहरको शीर्ष स्थानमा छ । यहाँको अपराधको ग्राफ निक्कै डरलाग्दो छ । सोमालियाको राजधानी संसारकै आपराधिक शहरमा प्रमुख मध्येमा पर्छ । यो शहरमा बस्ने समुन्द्री डाँकाहरु संसारकै कुख्यात मानिन्छन् । यहाँबाट राष्ट्रसंघीय कार्यालय समेत हटाइएको छ ।

10 notorious cities for crime 3
४ बगदादः इराक

इराकको राजधानी बगदादलाई केही वर्ष अघि संसारकै सबैभन्दा खतरनाक शहर घोषणा गरिएको थियो । अहिले पनि इराकको राजधानीमा अपराधको ग्राफ पहिले भन्दा कम भएको छ । अहिले पनि यो शहरलाई संसारको चौथो खतरनाक शहरकोरुपमा सूचीकृत गरिएको छ । यहाँ अहिलै पनि दैनिक बम विष्फोट र हत्या सामान्य कुरा हुन् ।

10 notorious cities for crime 4

५ कराकसः भेनेजुएला

भेनेजुएलाको राजधानी कराकस पनि लागु औषध तस्करको राजधानी मानिन्छ । यहाँको पुलिस अपराध नियन्त्रण गर्न असफल भएको भनेर चिनिन्छ । यहाँ निरन्तररुपमा नरसंहार हुँदै आएको छ । यसलाई पनि संसारकै खतरनाक शहरमा सूचीकृत गरिएको छ ।

10 notorious cities for crime 5

६ सनाहः यमन

यमनको राजधानी सनाहपनि कुख्यात आपराधिक सहर हो । यसलाई संसारको छैठौं आपराधिक र खतरनाक सहर घोषणा गरिएको छ । आपराधकै कारण देशभित्रका र बाहिरका ब्यवसायीले यमनको राजधानी छोडेका छन् ।

10 notorious cities for crime 6

७ नैरोबीः केन्या

केन्याको राजधानी नैरोबी पनि आपराधिक शहर मानिन्छ । यहाँ बस्ने मानिसहरुलाई मात्र होइन सुरक्षा एजेन्सीमाथि समेत आतंकबादी आक्रमणको धम्की आइरहन्छ । हत्या र हिँसाका कारण केन्याको राजधानी पनि असुरक्षित र आपराधिक शहर मानिन्छ ।

10 notorious cities for crime 7

८ केपटाउनः दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाको चर्चित पर्यटकीय शहर केपटाउन पनि सुरक्षाको दृष्टीले खतरनाक मानिन्छ । पर्यटकका लागि लोकप्रिय मानिएको यो शहरमा पछिल्लो समयमा आपराधिक घटनाको ग्राफ घटेको छ तर पनि यो सहरलाई संसारको ८ औं खतरनाक प्रमुख शहर मानिएको छ ।

10 notorious cities for crime 8

९ बेलमः ब्राजिल
ब्राजिलको बेलम शहर संसारमै कोकिन उत्पादन र आपुर्तिमा चर्चित छ । यहाँबाट संसारका धेरै देशमा लागु औंषध तस्करी हुन्छ । कोकीनका कारण नै यो शहरमा आपराधिक घटना बढेका छन् र यसलाई संसारका असुरक्षित शहरको सूचीमा सूचीकृत गरिएको छ । यो शहरमा हत्या र आत्महत्याको दर उच्च छ ।

10 notorious cities for crime 9

१० कराँचीः पाकिस्तान
पाकिस्तानको आर्थिक राजधानी भनिने कराँची शहर पनि आपराधको केन्द्र हो । यहाँ आतकंकादी गतिविधीका कारण असुरक्षा ब्याप्त छ । यो शहरलाई संसारका खतरनाक र असुरक्षित शहरको १० औं स्थानमा राखिएको छ ।

10 notorious cities for crime 10

यो पनि हेर्नुस्

जमिन मुनि भेटियो ५ हजार वर्ष पुरानो सहर 

विश्वको सबैभन्दा चिसो शहर जहाँ सँधै माइनस ४५ डिग्री चिसो हुन्छ 

जुन सहरमा गयो त्यहीकै पुरुषसँग सुत्न युवती