-बोनिस कोईराला

बलिउडमा रिलिज भएको बाहुबली अहिलेसम्म भारतको सबैभन्दा महङ्गो चलचित्र रहेको छ। यो चलचित्र को बजेट करिब २५० करोड भारतिय रुपैँया (३९ मिलियन डलर) रहेको छ। भारतको सबैभन्दा महङ्गो भएपनि विश्वभरीको चलचित्रहरुको तुलनामा यो चलचित्रको बजेट कम नै हो।

हलिउडमा बनेको कतिपय चलचित्रहरुको बजेट सय मिलियन डलरभन्दा पनि माथि जान्छ। हलिउडमा चलचित्रहरुको गोप्य हिसाबकिताब हुने भएकाले अहिलेसम्म पनि सबैभन्दा महङ्गो चलचित्रहरु यीनै हुन भनरे भन्ने स्थिति भने छैन।

कलाकारहरुको बजेट अनि प्रयोग भएको प्रविधि अनुसार हालसम्म हलिउडको सबैभन्दा महङ्गो चलचित्र ‘पाइरेट्स अफ द क्यारेबियनः अन स्ट्रेन्जर टाईड्स’ रहेको छ भने श्रृङ्खलावद्ध चलचित्रको सन्दर्भमा भने ‘द हबिट ट्रिलोजी’को ३ वटा चलचित्रको श्रृङ्खला सबैभन्दा महङ्गो रहेको छ।  आवाज नभएको पुराना चलचित्रहरुमा १९२५को ‘बेन-हुर’ नामक चलचित्र सबैभन्दा महङ्गो रहेको थियो। उक्त चलचित्रले करिब २० वर्ष चलचित्रहरुमा आवाज को प्रविधि नआएसम्म आफ्नो रेकर्ड कायम रेखेको थियो।

हेरौ अहिलेसम्मको सबैभन्दा महङ्गो चलचित्रको यो सुचि-

१०. ‘द डार्क नाइट राइजेस’ (२३० मिलियन डलर)

7. dark knight risesसन् २००५ मा रिलिज भएको ‘क्रिष्टोफर नोलन’को ‘ब्याटम्यान बिगिन्स’ देखि २०१२ को ‘द डार्क नाइट राइजेज’ सम्म तीनवटै भागले दर्शकहरूको चर्चा पाउन सफल भएको थियो। चर्चित कमिक्स ‘ब्याटम्यान’ बाट बनाइएको यो चलचित्रमा ‘क्रिस्चियन बेल’ले ब्याटम्यानको भूमिका खेलेका थिए भने ‘टम हार्डी’ले ‘बेन’ नामक खलनायकको भूमिका निभाएका थिए।

सबैले मन पराउने ‘ब्याटम्यान’को आवाज पनि तेस्रो भागमा अलि हाँस्यास्पद सुनिएको थियो, त्यैपनि यो चलचित्रले सबैको मन जितेरै छाडेको थियो। यो चलचित्र २३० मिलियन डलरको लगानीमा बनाइएको थियो थियो।

९. ‘एवेटार’ (२३७ मिलियन डलर)

6. avatar‘एवेटार’का निर्देशक ‘जेम्स क्यामेरन’ले यो चलचित्र ‘टाईटेनिक’को रिलिज पछि बनाउने सोचमा थिए। यो चलचित्र १९९९मा रिलिज हुने गरि बनाउने तय भएको थियो। तर  निर्देशक ‘जेम्स क्यामेरन’ले आवश्यक प्रविधिको विकास नभइसकेकाले चलचित्र बनाउनमा ढिलाइ गरेका थिए।

यो चलचित्र हलिउडकै सबैभन्दा बढी सफलता पाएको चलचित्रहरु मध्ये हो। यो चलचित्र बनाउनको लागि २४० मिलियन डलर र करीब १० वर्षको मेहेनेत लागेको थियो। अनि यसले सोचेको भन्दा बढी नै सफलता र चर्चा पाउन सफल भएको थियो। विश्वभरबाट २.७८ बिलियन डलर उठाउन सफल भएको यो चलचित्रलाई आलोचना पनि कम आएको थिएन।

८. ‘ह्यारी पोटर एण्ड द हाफ ब्लड प्रिन्स’ र

4. harry potter-half blood prince७. ‘द हबिटः द ब्याटल अफ द फाइभ आर्मिज’ (२५० मिलियन डलर)

battle of the five armiesयो स्थान मा रहेको यि दुवै चलचित्रको बजेट करिव बराबर रहेको छ। दुवै चलचित्र विश्वब्यापी चर्चित उपन्यासहरुका चलचित्र एडेप्टेशनहरु हुन्। ‘ह्यारी पोटर’ उपन्यास श्रृंखलाका लेखक ‘जे.के. राउलिङ्ग’ हुन् भने ‘द हबिट’ उपन्यासका लेखक ‘जे आर आर टोल्कियन’ हुन्।

‘ह्यारी पोटर’ उपन्यास श्रृंखलालाई चलचित्रमा उतार्दा ८ वटा भाग बनेको थियो। तर सबै भागहरु मध्ये ‘हाफ ब्लड प्रिन्स’ बनाउँदा सबैभन्दा बढी लगानी लागेको थियो। यो ह्यारी पोटरको छैठौँ भाग हो, यो बनाउँदा २५० मिलियन डलर लगानी लागेको थियो भने यसले विश्वभरीबाट ९३० मिलियन डलर कमाएको थियो। यो चलचित्रको बारेमा धेरै आलोचकहरूले पनि राम्रो प्रतिक्रिया जनाएको थियो।

द ब्याटल अफ द फाइभ आर्मिज ‘द हबिट’ चलचित्र श्रृंखलाको तेस्रो र अन्तिम चलचित्र थियो। बजेट बराबर भएपनि यो चलचित्रले विश्वभरीबाट ९५५ मिलियन डलर कमाएर मध्ये ‘हाफ ब्लड प्रिन्स’लाई जितेको थियो।

६. ‘स्पाइडरम्यान ३’ (२५८ मिलियन डलर)

2. spiderman 3चर्चित कमिक्स ‘स्पाइडरम्यान’को कथामा आधारित ‘स्पाइडरम्यान’ चलचित्र श्रृंखलामा ३ वटा चलचित्र बनेका छन् र सबैभन्दा धेरै खर्च सन् २००७को ‘स्पाइडरम्यान ३’ बनाउँदा भएको थियो।

२५८ मिलियन डलर लागेको यो चलचित्रले दर्शकहरूबाट पैसा उठाउन सफल भएपनि सोचेजस्तो चर्चा पाउन भने सकेन। विश्वभरीबाट ८९० मिलियन डलर कमाएको यो चलचित्रमा ‘भेनम’ पात्रले गर्दा नै दर्शकहरू चलचित्र हलमा होम्मिएका थिए।

५. ‘ट्याङ्गल्ड’ (२६० मिलियन डलर)

3. tangledडिज्नीको एनिमेटेड चलचित्रहरूमा राजकुमारीहरूले कब्जा जमाएको छ र यो सबैको सुरुवात सन् २०१० मा बनेको ‘ट्याङ्गल्ड’बाटै भएको थियो। उक्त चलचित्रमा ‘म्याण्डी मुर’ले ‘रपुञ्जेल’को पात्रमा आवाज दिएकी थिइन्। यो चलचित्र बनाउँदा २६० मिलियन डलरको खर्च भएको थियो भने, अमेरिकाबाट मात्रै २०० मिलियन डलर र विश्वभरीबाटै ६०० मिलियन डलर कमाउन सफल भएको थियो।

यो चलचित्रको सफलताबाट सन् २०१३ मा बनेको डिज्नीकै चलचित्र ‘फ्रोजन’ले पनि धेरै सफलता र चर्चा पाएको थियो। सन् २०१५ लागिसक्दा पनि ‘फ्रोजन’कै गीत गुन्गुनाउनेहरूले ‘ट्याङ्गल्ड’को गीतहरू पनि गुन्गुनाउन भुलेका छैनन्।

४. ‘जोन कार्टर’ (२६३.७ मिलियन डलर)

5. john carter of marsसन् १९३० मा नै बन्ने योजना भएको ‘जोन कार्टर अफ मार्स’ चलचित्रलाई डिज्नीले ७० वर्ष कुरेपछि मात्र यसलाई पर्दामा ल्याउन सफल भएको थियो। यसको वास्तविक कथालाई सबैले बिर्सिसकेको हुनाले धेरैले यो चलचित्रमा चासो देखाएका थिएन।

अत्यन्त धेरै लगानी गरिएतापनि यो चलचित्रले अमेरिकामा भने ठूलो सफलता पाएको थिएन। अमेरिकाबाट मात्रै ७३ मिलयन डलर र विश्वभरीबाट २११ मिलियन डलर कमाएपछि डिज्नीले यसको दोस्रो भाग निकाल्ने योजना रद्द गरेको थियो।

३. ‘एभेन्जर्सः एज अफ अल्ट्रन’ (२७९.९ मिलियन डलर)

age of ultron‘मार्भल’ कमिक्सको कथाहरुलाई केहि वर्ष देखि चलचित्रमा उतारिएको भएर कमिक्सका फ्यानहरु निकै उत्साहित छन्। यहि वर्ष रिलिज भएको यो चलचित्र ‘एभेन्जर्स’ चलचित्र श्रृंखलाको दोस्रो चलचित्र हो। २७९.९ मिलियन डलरको बजेट रहेको यो चलचित्रले १.३९४ बिलियन डलर कमाईसकेको छ।

यो चलचित्र श्रृंखलाको तेस्रो भाग, २ भागमा  रिलिज हुनेछ जुनमा पहिलो भाग २०१८ मा रिलिज हुनेछ भने दोस्रो भाग २०१९ मा रिलिज गरिने तय गरिएको छ।

२. ‘पाइरेट्स अफ द क्यारेबियनः एट वर्ल्ड्स इण्ड’ (३०० मिलियन डलर)

at world end‘स्पाइडरम्यान ३’ जस्तै ‘एट वर्ल्ड्स इण्डले’ पनि धेरै लगानी गरेर गुणस्तर बिनाको चलचित्र बनाएको थियो। आधा भन्दा थोरै आलोचकहरूले यो चलचित्रलाई राम्रो प्रतिक्रिया दिएतापनि वास्तविक कथाबाट धेरै कुराहरू छुटेको थियो।

चलचित्रको आधाभाग सम्म पनि सबैले मन पराउने ‘जोनी डेप’ले खेलेका पात्र ‘ज्याक स्प्यारो’लाई देखाएको थिएन, जबकि उक्त चलचित्र ३ घण्टा लामो थियो। सबैभन्दा महङ्गो चलचित्रहरुमा दोस्रो भएपनि डिज्नीले यसबाट ९३० मिलियन डलर उठाउन सफल भएको थियो। डिज्नीले त्यसपछि दर्शकहरू ‘ज्याक स्प्यारो’लाई हेर्नकै लागि हलभित्र छिर्दोरहेछन् भनेर महशुस गर्यो।

१.’पाइरेट्स अफ द क्यारेबियनः अन स्ट्रेन्जर टाईड्स’ (३७८.५ मिलियन डलर)

on stranger tidesसन् २०११ मा रिलिज भएको यो चलचित्र ‘पाइरेट्स अफ द क्यारेबियन’ चलचित्र श्रृंखलाको चौथो चलचित्र थियो। यस चलचित्रले ‘समुन्द्री डाँकु’को  दुनियाको चर्चित कुख्यात डाँकु ‘ब्ल्याकबियर्ड’लाई फिल्ममा समावेश गरेको थियो। विश्वभरी चलेको यो चलचित्रले १.०४६ बिलियन डलर उठाउन सफल भएको थियो। यो चलचित्रले हलिउड बक्स अफिसको धेरै रेकर्डहरु तोडेको थियो।

यस चलचित्रले निर्माण, अभिनय, संगित समिश्रण, प्रदर्शनको आधारमा सकारात्मक प्रतिक्रिया पाएको थियो भने लेख र मौलिक रचनामा कमि भएकोले नकारात्मक प्रतिक्रिया पनि पाएको थियो। यो चलचित्र श्रृंखलाको पाँचौ भाग ‘डेड् म्यान टेल नो टेल्स’ ७ जुलाई, २०१७ मा रिलिज गर्ने बताईएको छ।

यो पनि पढ्नुहोस्।
भारतको सबैभन्दा महंगो चलचित्र ‘बाहुबली’
बलिउडमा यो वर्ष रिलिज हुने १० चलचित्र
सन् २०१५ का उत्कृष्ट ४ हलिउड एक्सन चलचित्रहरू