२१ कात्तिक, काठमाडौं । प्रदेश २ को मुख्य ब्यापारी शहर वीरगञ्जमा बिहीबार नेपाल स्वर्णिम चलचित्र महोत्सवको उद्घाटन भयो । नेपालको चलचित्र क्षेत्रको विकास र तराई क्षेत्रमा नेपाली चलचित्रको प्रचारको उदेश्यले आयोजना गरिएको चलचित्र महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

उद्घाटनको क्रममा राष्ट्रपनि भण्डारीले नेपाली चलचित्र जगतलाई अगाढि बढाउनुपर्नेमा जोड दिइन् । राष्ट्रपति अघि सम्बोधन गर्न आएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको भनाइबाट भने कलाकार दुखि भएका छन् ।

हास्यकलाकर एवं चलचित्र निर्माता दीपकराज गिरीले मन्त्रीले चलचित्र विज्ञले झैँ यस्तोउस्तो चलचित्र बनाउ भन्दै खोकेको बताएका छन् । उनले बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत मन्त्रीले चलचित्र क्षेत्रलाई माथि लैजान सरकारले गरेको कार्यविवरण सुनाउनुको साटो उल्टो सुझावको नाममा निर्देशन दिएकोप्रति आपत्ती जनाए । दीपकले फेसबुकमा लेखेका छन्, ‘ नेपाली फ़िल्मको स्वर्ण महोत्सवमा पुगेका संचारमंत्रीले सरकारले नेपाली चलचित्रलाइ माथि उठाउन के के गर्दैछ भन्लान् भनेको त उल्टै सिनेमा यस्तो बनाउ उस्तो भनेर चलचित्रका बिज्ञ झै खोकेर पो गए बा … हेप्नी?