१८ चैत, एजेन्सी । विश्वभर कोरोनाभाइरसको जोखिम बढिरहेका बेला हरेक देशले आ–आफ्ना नागरिकहरुको उद्दार गरिरहेका छन् । यस्तैक्रममा एक देशले सडकमा सुत्ने मानिसहरुलाई बचाउनको लागि फाइभस्टार होटलमा राखिएको छ ।

यो घटना अस्ट्रेलियाको पर्थ राज्यको हो । त्यहाँ सडकमा बस्ने मानिसहरुलाई करिब ३० हजार रुपैयाँ प्रतिरात भाडा पर्ने होटलमा राखिएको छ । पश्चिमी अस्ट्रेलियाको सरकारले यस्तो कार्य शुरु गरेको हो । सरकारले शुरु गरेको कार्यक्रम अन्तर्गत पछिल्लो १ महिनादेखि सडकमा सुतिरहेका मानिसहरुलाई होटलमा सारिएको छ ।

शुरुवातमा २० घरबार विहीन मानिसलाई प्यासेफिक होटलमा राख्ने व्यवस्था गरिएको थियो । यस्तो कार्यक्रमलाई ‘होटल्स विद हार्ट’ नाम दिइएको छ । सरकारले कोरोनाको उच्च जोखिम हुँदा पनि आफूलाई छुट्टै राख्न नसकेका मानिसहरुलाई छानेको छ । पछि यो कार्यक्रममा घरेलु हिंसाको सिकार भएका महिलाहरु र मानसिक समस्या देखिएकाहरुलाई पनि समेट्न सकिने त्यहाँको सरकारले जनाएको छ ।