२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैली विरुद्ध सडक संघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

नेपाली कांग्रेस अछाम काठमाडौै सम्पर्क मञ्चद्धारा शनिबार काठमाडौैमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले प्रजातन्त्र र लोकतन्त्रका मुल्य मान्यतामाथि हस्तक्षेप गर्दे आएको भन्दै त्यस विरुद्धको संघर्षको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेृतत्वको सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको तथा मानवअधिकार आयोग र नेपाली सेनालाई पनि आफु मातहत राख्न खोजेको आरोप लगाए । उनले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीको नेपाली कांग्रेसले सदन र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस नेतृ आरजु देउवा राणा लगायतलाई सम्मान गरिएको थियो ।