काठमाडौं, ३० बैशाख । शताब्दी पुरुष बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी सोमबार एक सय वर्ष पूरा भएका छन् ।

जोशीको जन्मोत्सव ललितपुर महानगरपालिकाले भब्य रुपमा मनाएको छ । जोशीलाई बग्गीमा राखेर बाजागाजासहित पाटन शहर परिक्रमा गराइयो । त्यसपछि महानगरपालिकाको प्राङ्गण पुल्चोकमा भएको विशेष समारोहमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा जोशीलाई अभिनन्दन गरिएको छ । (हेर्नुस् फोटो फिचर)

तस्वीरहरुः रासस