२३ पुस, जुम्ला । नेपाल टेलिकम शाखा जुम्लाले फोरजी सेवा सञ्चालन गरेको छ । सदरमुकामलाई लक्षित गरी तीनवटा स्तम्भबाट फोरजी सेवा विस्तार गरिएको नेपाल टेलिकम शाखा जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले बताए । नेपाल टेलिकममा रहेको टावर, आचार्यवाडा माथिको डाँडामा रहेको स्तम्भ र भारतिवाडामा रहेको टावरबाट फोरजी सेवा शुरु भएकाले घरमै बसेर इन्टरनेट सहजै चलाउन सकिने श्रेष्ठले बताए ।

देश–विदेशका सूचना घरमै बसेर जानकारी लिनका लागि जुम्लामा फोरजी सेवा सञ्चालन गरिएको र आचार्यवाडा रहेको टावरमा फोरजी सेवा जडान गरिएको हुनाले गुठीचौर गाउँपालिकाअन्तर्गतका ३, ४ र ५ नं वडामा फोरजी सेवाले काम गरेकाले इन्टरनेटबाट वडापालिकामा गरिने कामलाई सहज र सजिलो हुने मोबाइल डाटा प्रयोगकर्ताहरुका लागि फोरजी सेवाले महत्वपूर्ण फाइदा गर्ने कार्यालय प्रमुख श्रेष्ठले बताए । टुजी र थ्रीजी सेवा प्रयोग गर्दै आएका जुम्लावासी अबदेखि फोरजी सेवा प्रयोग गर्न पाउने स्थानीय नर रावतले बताए । रासस