१९ जेठ, एजेन्सी । बलिउड अभिनेत्री सनी लियोन ‘पेटा’ अर्थात् पिपल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल्स नामक संगठनसँग जोडिएकी छिन् । यस संगठनका लागि उनले नयाँ विज्ञापन सुट गरेकी छिन्, जसमा सनी सँधैझै कामुक अवतारमा देखिएकी छिन् ।

विज्ञापनमा सनी रातो खुर्सानीमाथि न्यूड भएर पल्टिरहेकी छिन् र शिर्षक दिइएको छ, ‘स्पाइस अफ योर लाइफ ! गो भेजिटेरियन’ । ‘पेटा’ एक पशु अधिकार संगठन हो । ‘पेटा’ले एक कार्यक्रम राखेको थियो, जसमा जनवारसँग नैतिकताका साथ व्यवहार गर्नपर्ने र मांसहारीलाई त्याग्नुपर्ने अभियान चलाइएको थियो ।

सनी लियोनले आफ्नो यो विज्ञापनको बारेमा बोल्दै भनिन्, ‘मासु उद्योगमा जनवारलाई निक्कै दुःखको सामना गर्नुपर्छ, जुन सबैभन्दा दुःखदायी हो । मैले यस्तो चीज देखेको छु, जसलाई म भूल्न सक्दिन र ति दृश्यले मलाई मासु खानबाट रोक्छ ।’ सनीले अब शाकाहारी खाना मात्रै खान सुरु गरेकी छिन् । यसबारे सनीले भनिन्, ‘म धेरैभन्दा धेरै सागसब्जी खान्छु र मलाई यो एकदमै राम्रो लाग्छ ।’