सनी देवललाई सनी लियोनी भनी एक भारतीय च्यानलका टिभी एङ्कर झुक्किए पछि सनी लियोनीले रमाइलो प्रतिक्रिया दिएकी छिन।

बिहिबार लोक सभा चुनावको नतिजा कभरेज गर्दै गर्दा एङ्कर अर्नब गोस्वामीले ‘सनी लियोनी….सनी देवल ७५०० भोटले अगाडी छन्!’ भनेको भिडियो लगतै इन्टरनेटमा भाइरल बनको थियो।

मौकामा चौका हान्दै सनी लियोनीले पनि ट्वीटर मार्फत रमाइलो गर्ने सोचिन अनि ट्वीट गरिन, ‘कति भोटले अगाडि छु?’

फ्यान आखिर फ्यान नै परे। केही ले सनी लियोनीको ट्वीट को प्रतिक्रियामा ‘१३५ करोड भारतीयको मुटुले अगाडी’ समेत लेखे।

भारतीय जनता पार्टीबाट उम्मेदवारी दिएका सनी देवलले पञ्जाबको गुर्दासपुरमा जित हासिल गरेका छन्। ५९ वर्षका नायक सनी देवल ‘बोर्डर’, ‘गदर’ जस्ता राष्ट्रभक्ती फिल्ममा अभिनयको कारण चर्चित छन्।

‘पिएम नरेन्द्र मोदी’ले न्याय गरेन