काठमाडौं, २८ जेठ । युवा क्रिकेटर सन्दिप लामिछानेले फेरि अर्को महंगो मोटरसाइकल खरिद गरेका छन् ।

झण्डै तीन हप्ता लामो अष्ट्रेलिया बसाइपछि नेपाल फर्किएलगत्तै उनले मोटरसाइकल किनेका हुन् । सन्दिपले मंगलबार बुलेट बाइक खरिद गरेका हुन् । ३ सय ५० सीसीको क्लासिक गन मोडलको बुलेट बाइकको नेपालमा बजार मूल्य ५ लाख १५ हजार रुपैयाँको छ ।

यसअघि तीन साताअघि आइपीएल खेलेर फर्किएलगत्तै उनले बिएमडब्लु कम्पनीको झण्डै १० लान पर्ने मोटरसाइकल किनेका थिए । उनीसँग टाटाले दिएको नेक्सस कारपनि रहेको छ ।