काठमाडौं, ३ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने इमर्जिङ प्लेयर अवार्डको दावेदार सूचीमा छनौट भएका छन् ।

यो सूचीमा पर्नका लागि सन् १९९२ अप्रिल १ पछि जन्मिएको हुनुपर्ने, कम्तीमा पाँच म्याच खेलेको हुनुपर्ने, आइपीएलमा बढीमा २५ वा त्यसभन्दा कम खेल खेलेको हुनुपर्ने र यसअघि इमर्जिङ प्लेयर अवार्ड नजितेको हुनुपर्ने भनिएको थियो । सबै मापदण्ड पूरा गरेपछि सन्दिप यो सूचीमा परेका हुन् ।
दिल्ली क्यापिटल्सबाट क्रिकेट खेलिरहेका सन्दिपले जारी संस्करणमा चार खेलमा पाँच विकेट लिएका छन् ।

यो अवार्ड पब्लिक भोटका आधारमा दिइनेछ । सन्दिपसँगै मोहम्मद सिराज, जोफ्रा आर्चर, राहुल चाहर र श्रीयाज गोपाल प्रतिष्पर्धामा छन् ।
मनपर्ने खेलाडीलाई आइपीएलको वेभसाइट https://www.iplt20.com/polls/emerging-player मा गएर भोट गर्न सकिन्छ ।