२८ साउन, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि बोलाएको छ ।

बिहान अन्तर्वार्ताका लागि बोलाएर भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि बोलाएको हो । क्यारेबियन प्रिमियर लिग खेल्न भिषाको लागि आवदेन दिएका सन्दीपको भिषा दुतावासले बिनाकारण अस्वीकार गरेका थिए ।

भिसा अस्वीकार भएपछि सन्दीपले चकित भएको प्रतिक्रियासहित ट्वीट गरेका थिए । ट्वीट लगत्तै दुतावासले सन्दीपलाई दूतावास बोलाएको छ । सन्दीपले ट्वीटमा प्रधानमन्त्री, पराराष्ट मन्त्रालय, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गरेका थिए ।