२८ साउन, काठमाडौं । सन्दीप लामिछानेको भिषा अमेरिकी दुतावासले अस्वीकृत गरेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु देखिएको छ ।

यसै क्रममा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पनि यो विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । एक ट्वीट गर्दै रविन्द्र मिश्रले देश सम्पन्न नभएसम्म यस्ता घटना दोहरीरहने बताएका छन् ।

साथै मिश्रले सन्दीपजस्तै कयौँ प्रतिश्ठित नेपालीको भिसा अस्विकृत भएको र यो उनीहरुको मात्र नभएर देशकै अपमान भएको उल्लेख गरेका छन् । यो सँगै उले भ्रष्टाचार घटाएर देश समृद्ध बनाउन पनि आग्रह गरेका छन् । यस्तो छ मिश्रको ट्वीटः