९ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले १३ औं दक्षिण एशियाली खेलकुद (साग) लेखेल्ने भएका छन् ।

आँखामा समस्या देखिएपछि डाक्टरहरुको सल्लाहमा आँखाको शल्यक्रिया गर्नुपर्ने भएपछि सन्दीपले सागमा सहभागिता नजनाउने भएका हुन् । अब उनले झण्डै चार साता आराम गर्नु पर्नेछ । आबुधाबीमा आयोजना भएको टी–१० लिगबाट फर्किएको २ दिनपछि उनले शल्यक्रिया गरेका हुन् ।

सन्दीपले सहभागिता जनाउन नसक्ने भएपछि उनको स्थानमा यू–१९ टोलीका कप्तान रोहितकुमार पौडेललाई साग टोलीमा समावेश गरिएको छ । सन्दीपले बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि सहभागिता जनाएका थिएनन् ।