२९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले २०२०को इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट पनि दिल्ली क्यापिटल्सबाटै खेल्ने भएका छन् । दिल्लीले शुक्रबार सार्वजनिक गरेको रिटेन खेलाडीको सूचीमा सन्दीपसहित १२ जना खेलाडी छन् ।

दिल्लीले ब्याट्सम्यान श्रेयस अययर, पृथ्वी शा, शिखर धवन, विकेटकिपर ब्याट्सम्यान रिसव पन्त, अलराउन्डर कीमो पाउल, अक्सर पटेल र हर्षल पटेललाई रिटेन गरेको हो । यस्तै बलिङतर्फ सन्दीप लामिछाने, इशान्त शर्मा, अमित मिश्रा, आवेश खान र कागीसो रबाड़ालाई रिटेन गरेको छ ।

यसपटक दिल्लीले ट्रेडिङमार्फत स्पिनर आर आश्विन र ब्याट्सम्यान आजिख्य रहानेलाई पनि टोलीमा समावेश गरेको छ । दिल्लीले अब आगामी डिसेम्बर १९ मा हुने आइपीएलको खेलाडी अक्सनमा थप खेलाडी किन्नेछ ।