२६ भदौ, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आएकी छिन् । चलचित्र पासवर्डको प्रिमियरमा सहभागी हुन उनी आज अपरान्ह काठमाडौं आइपुगेकी हुन् ।

चलचित्र पासवर्डका निर्देशक सम्राट बस्नेतले सन्नी चलचित्र प्रिमियरमा सहभागी हुन नेपाल आएको बताए । उनका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा साँझ साढे ७ बजे आयोजना हुने प्रिमियर सोमा शन्नी सहभागी हुने कार्यक्रम छ ।

त्यसअघि उनले मिडियाकर्मीसँग साक्षात्कार गर्नेछिन् । शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले भोली शुक्रबार नेपालका केही ठाउँ भ्रमण गर्ने कार्यक्रम छ ।