चलचित्रमा अलिकति एक्सन नभए के नपुगेको के नपुगकेो जस्तो लाग्छ। एक्सन चलचित्रमा कथा र मनोरञ्जनले दुवैले बास गरेको हुन्छ, जसले गर्दा हेर्नेलाई अल्छी लाग्दैन। सन् २०१५ मा बनेका उत्कृष्ट ४ एक्सन चलचित्रहरू कुन-कुन छन् ?

१. ‘टेकन ३’ (Taken 3)Taken-3

सबैले रुचाउने हलिउड अभिनेता ‘लियाम निसन’ले ‘टेकन’ को तेस्रो भागमा पनि एक उदासि पिताको भूमिका निभाएर फेरि पनि सबैको मनमा बस्न सफल भएका छन्। यो चलचित्र जनवरी ९ मा रिलिज भएको थियो। यो चलचित्रबाट लियामले २० मिलियन डलर पाएका थिए।

२. ‘वाइल्ड कार्ड’ (Wild Card)Wild Card

हलिउडका धमाकेदार एक्सन अभिनेता ‘जेसन स्टाथाम’ लाई मन नपराउने सायद को होला र? उनले जस्तो चलचित्र खेलेपनि उनको एक्सन भने हेरिराख्न मन लाग्ने खालको हुन्छ। यो चलचित्रमा जेसनले एक माफिया ग्याङ्गको बडिगार्डको भूमीका खेलेको हुन्छ जसलाई बाजिगरमा नराम्रो लत लागेको हुन्छ। उनको यो चलचित्रलाई पनि दर्शकहरूले मन पराएका थिए।

३. ‘जुपिटर एस्सेण्डिङ्ग’ (Jupiter Ascending)Jupiter Ascending

‘च्यानिङ्ग ट्याटम’ले साधारणतया यस्तो प्रकारको चलचित्रहरू खेल्दैनन् तर उनले एक्सनमा पनि दह्रो अभिनय गरेका छन्। यो चलचित्रमा, मानवजातीहरू एक ‘टोटेम पोल’ को नजिक हुन्छन् र उक्त ठाउँमा विभिन्न अनौठा प्रजातीका प्राणीहरू घुमिरहन्छन्। मिला कुनिस ले रुसी पात्रको भूमीका गरेका छन् जो चाहिँ सारा संसारकै मुखियाको उत्तराधिकारी हुन्छन्।

४. ‘किङ्ग्सम्यानः दि सिकरेट सर्भिस’ (Kingsman: The Secret Service)Kingsman

एक्सन चलचित्रमा पनि जासुसी पात्र भयो भने सबैको मनमा कब्जा जमाउन सफल हुन्छ। ‘म्याटह्यू भअन’ले निर्देशन गरेको यो चलचित्रमा ‘कोलिन फर्थ’ र ‘स्यामुयल एल्. ज्याक्सन’ ले अभिनय गरेका छन्।