२४ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा सपथ ग्रहणका क्रममा अल्मल्लिएका छन् ।

शितल निवासमा आयोजित सपथग्रहण समारोहमा राष्ट्रपतिले भन्दा एक स्टेप अगाडि बढेर बोल्दा एक छिन् अल्मल्लिएका हुन् । राष्ट्रपतिले ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु, भन्दा देउवाले, त्यो भन्दा एक स्टेप अगाडि बढेर भने, ‘इश्वर देश र जनताको नाममा सपथ लिन्छु कि’ ।
त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारी पनि अल्मल्लिइन् ।

उनले रोकिएर सँगै उभिएका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतिर फर्केर हेरेपछि धन्न देउवाले आफू चिप्लिएको भेउ पाए र तत्काल सच्चाइहाले । त्यसपछि उनले राष्ट्रपतिले भनेकै शब्द दोहोर्याए ।