१८ असोज, काठमाडौं । दशैँ लागेसँगै काठमाडौंमा चोरहरुको बिगबिगी बढेको छ ।

यस्तैक्रममा काठमाडौं महानगरपालिका–१७ कुस्मेचौर डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएकी २६ वर्षीया सपना घलेको कोठामा चोरी भएको छ ।

File Photo

घलेको कोठाबाट नगद ५५ हजार, सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।