एजेन्सी । अस्ट्रेलियामा एक पुरुषले १३ वर्ष अगाडि सपनामा देखेको एउटा नम्बरमा चिठ्ठा हाल्दा दश लाख डलर जितेका छन्।

आफ्नो पहिचान खुलाउन नचाहने ती व्यक्तिले उक्त नम्बरहरू उनले एक रात सपनामा देखेको र ती नम्बरहरूमा उनले बारम्बार चिठ्ठा खेलिरहेको बताएको बीबीसीले जनाएको छ । उनले भने, ‘मैले मेरो टिकटलाई अनलाइनमा हेरेको थिएँ र समाचार थाहा पाएँ। मलाई लागेको थियो एकदिन मैले यी नम्बरमा जित्नेछु।’

विगतका अन्य वर्षहरूमा तिनै नम्बरमार्फत् आफूले अन्य पुरस्कारहरू पनि जितिसकेको उनले बताए। ‘ती वास्तवमै मेरा निम्ति भाग्यशाली नम्बर हुन्। त्यसैले म तिनमा चिठ्ठा खेलिरहन्छु’ उनले भने। कुनै विजेताले आफूले सपनामा देखेको नम्बरबाट चिठ्ठा जितेको दाबी गरेको यो पहिलो घटना भने होइन।

यो महिनाको सुरुमा अमेरिकामा एकजना महिलाले करिब एक लाख डलर जितेकी थिइन्। उनले सपनामा एकजना पुरुष आएर आफूलाई भाग्यशाली नम्बर बताएको जनाएकी बीबीसीले उल्लेख गरेको छ ।