उत्पादनको हिसावले हेर्ने हो भने विश्वको सबैभन्दा बढि फिल्म उत्पादन गर्ने देश भारत हो । उत्पादन मात्र नभएर व्यापारीक दृष्टिकोण तथा बक्स अफिसको आधारबाट पनि हिन्दी फिल्मले सदैव उत्तिकै चर्चा कमाएको पाइन्छ । यहाँ त्यस्ता ९ बलिउड फिल्म छन् जसले दर्शक र बलियो आम्दानी गरेको मात्र नभई निर्माण खर्चको आधारमा पनि सबैभन्दा महंगा रहे ।

१. महाभारत – दुबईमा आफ्नो विजनेश चलाइरहेका वि आर सेठ्ठी ले महाभारतको लागी १००० करोड भारतीय रुपैयाँ खर्च गर्ने भएका छन् । दुई भागमा रिलिज हुने यो फिल्मको सुटिङ सुरु भइसकेको छ।
२. २.०- बलीउड क्षेत्रका दुई ठुला स्टार रजनिकान्त र अक्षय कुमार संगै देखा पर्न लागेको फिल्म २.० सन् २०१० मा चर्चित बनेको फिल्म रोवोटको स्विकेल हो । ३४० करोड भारतीय रुपैयाँको लगानीमा बनाइदै गरेको यो फिल्म यो वर्षको दिपावलीमा रिलीज हुने बताइएको छ ।
३. बाहुवली २ -यो फिल्म सन् २०१५ मा हिट भएको फिल्म बाहुबलीको सिक्वेल हो । हेर्दा मात्र प्रभावशाली नभएर यस फिल्मको लागि बजेट पनि उत्तिकै खर्च भएको छ । एसएस राजमौलीद्धारा निर्देशित फिल्म बाहुबली २ मा स्टार प्रभास, तमन्ना, अनुष्काको मुख्य भुमिका रहेको छ । यो फिल्म २५० करोड भारुमा बनेको छ ।
४. आई -साइन्स फिक्सनमा आधारित चर्चित फिल्म आई बनाउन १८० करोड भारुतीय रुपैया खर्च भएको थियो । फिल्म तामिल र हिन्दी दुवै भाषामा बनेको थियो । फिल्म सन् २०१५ जनवरीमा रिलिज भएको थियो।
५. बाहुवली -प्राचीन राजपरिवार र राज्यको लागी गरेको लडाईमा आधारित फिल्म बाहुबली १८० करोड भारु लगानीमा बनेको फिल्म हो । एसएस राजमौलीले निर्देशन गरेको फिल्ममा प्रभास, अनुष्का र तमन्ना भाटिया फिल्मका मुख्य पात्र हुन् ।

६. प्रेम रतन धन पायो – सोनम कपुर र सलमान खानको मुख्य भुमिकामा रहेको यो फिल्म १८० करोड भारुमा बनेको थियो  ।
७. धुम ३- तिन भाग गरि बनाईएको फिल्म धुमले बलिउडमा तहल्का मच्चाएको थियो । अभिनेता अमिर खान र महिलाको मुख्य भुमिका निभाएकी क्याट्रिना क्याफ अभिनित मेगा प्रोजेक्ट अन्तर्गतको धुम –३, १७५ करोड भारुको लगानीम बनेको फिल्म हो ।
८. दिलवाले- रोहित सेठ्ठिको निर्देशनमा रहेको फिल्म दिलवालेमा शाहरुख खान र काजोल फेरिसंगै देखा परेका थिए । यस फिल्मको लगानी १६५ करोड भारतीय रुपैयाँ रहेको छ ।
९. ब्याङ व्याङ -रितिक रोशन र क्याट्रिना क्याफ अभिनित फिल्म व्याङ व्याङ  १६० करोड भारु भन्दा बढि लगानीमा बनेको फिल्म हो ।