व्यस्तताको बावजुद शरीरमा देखापर्ने साना-साना लक्षणहरूलाई बेवास्ता गर्ने गरिन्छ।तर, त्यस्ता साना-साना सङ्केतबाट नै ठूला-ठूला रोगको विकास हुने हो। त्यसैले निम्न लक्षणहरूलाई कहिल्यै पनि बेवास्ता नगर्नुहोस्, किनभने यसले क्यान्सरलाई पनि सङ्केत गरिरहेको हुन सक्छ।

१. मुटु पोलेमा

HeartBurnनियमित रूपमा छातिमा हलुका पोलेको जस्तो हुने र विशेषगरी खाना खाइसकेपछि यस्तो भएमा, भोजननलीको क्यान्सर भएको हुन सक्छ, त्यसैले चिकित्सकलाई देखाउन ढिला नगर्नुहोस्। (मुटुरोगबाट बच्न नियमित चिया पिउनुपर्छ, किन? पढ्न यहाँ क्लिक गर्नुहोस्)

२. निप्पलमा परिवर्तन आएमा

Nipple Changeजाँच्दा स्तन क्यान्सर भएको छ भनेर थाहा पाउनुभन्दा अगाडि अधिकांश महिलाहरूले आफ्नो स्तनको टुप्पामा परिवर्तन आएको बताउने गर्छन्। त्यसैले यदि तपाईँको स्तनमा अस्वाभाविक परिवर्तन देख्नुभएको छ भने, नहिच्किचाई तुरुन्तै अस्पताल गएर जँचाइहाल्नुहोस्।

३. पीडादायी महिनावारी

Painful Periodमहिनावारी हुँदा साविकको भन्दा अत्याधिक पीडा भएमा, अनि धेरै रगत बगेमा होस् पुर्याउनुहोस् है, किनभने यसले पाठेघरको क्यान्सरलाई पनि सङ्केत गरिरहेको हुन सक्छ।

४. स्तन दुखेमा

Sore Breastsअकस्मात स्तनको रङ्ग रातो हुने, तातो महशुस हुने, सुन्निने अनि दुखेर शिथिल हुने जस्ता लक्षणले पनि स्तन क्यान्सरलाई सङ्केत गरिरहेको हुन्छ।

५. पेट गडबड भएमा

Upset Stomachअधिकांशलाई कलेजोको क्यान्सर हुनुभन्दा अगाडि अत्याधिक पेट दुख्ने लक्षण देखा पर्ने चिकित्सकहरू बताउँछन्। तर भित्रैबाट पेट काटेजस्तो हुने, दिशा गर्न मन लाग्ने तर दिशा नआउने जस्ता लक्षणले ‘कोलोरेक्टल क्यान्सर’को सङ्केत गरिरहेको हुन सक्छ।

६. निल्न गाह्रो भएमा

Problem Swallowingपानी लगायत अन्य खानेकुराहरू निल्न गाह्रो हुनु भोजननलीको क्यान्सर अथवा घाँटीको क्यान्सरका लक्षणहरू हुन्। तर फोक्सोको क्यान्सरको पहिलो चरणको लक्षण पनि यस्तै हुन सक्ने चिकित्सकहरूको भनाइ छ। स्वर बोदो हुने अथवा सुक्ने, केहि कुराले घाँटीलाई अँठ्याएको जस्तो हुने लक्षणले गलगाँडको क्यान्सर हुन सक्ने पनि जनाउँदछ।

७. अण्डकोश सुन्निएमा

Testicle Swellingअण्डकोशको क्यान्सर हुँदा अण्डकोश सुन्निने गर्छ। यसरी सुन्निँदा अधिकांशलाई दुख्दैन तर कोहि-कोहिलाई दुख्ने पनि गर्छ।

८. धम्की भएमा

Wheezingलामो स्वास फेर्न गाह्रो हुनु, स्वास लिँदा छाती बज्नु जस्ता लक्षणले फोक्सोको क्यान्सर अथवा घाँटीको क्यान्सरलाई जनाउँदछ। त्यसैले यस्तो लक्षण देखा परेमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिन जानुहोला। (दम रोगको घरेलु रोकथामका उपायहरू जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)

९. पिसाब फेर्न गाह्रो भएमा

Problem Urinatingपुरुषहरूमा, पिसाबथैलीको क्यान्सर हुँदा सुरुमा देखिने लक्षण भनेको पिसाब फेर्न गाह्रो हुनु हो। कसै-कसैलाई चाहिँ पिसाब फेर्ने बेलामा अत्याधिक पीडा हुने पनि गर्दछ।

१०. उत्तेजना नभएमा

Erection Problemपिसाबथैलीको क्यान्सरको पहिलो चरणको लक्षण भनेको पिसाब फेर्न गाह्रो हुनु हो। त्यसपछिको दोश्रो चरणको लक्षण भनेको लिङ्ग उत्तेजित नहुनु हो अथवा उत्तेजित भइहालेमा पनि एकैछिनमा शिथिल हुनु हो। त्यसैले होस् गर्नुहोला। (पुरुषको लिङ्गको बारेमा रोचक तथ्यहरू थाहा पाउन यहाँ क्लिक गर्नुहोस्)

मानिसको शरीर साह्रै नाजुक हुन्छ, सानो भन्दा सानो समस्याले पनि कत्ति ठूलो समस्या निम्त्याउँदछ। आफ्नो स्वास्थ्यभन्दा ठूलो कुरा केहि पनि हुँदैन, त्यसैले आफूलाई स्वस्थ राख्नु नै हाम्रो मूल कर्तव्य हुन आउँछ।

यो पनि हेर्नुहोस्-
खुर्सानीलाई पीरो गराउने तत्वले क्यान्सरलाई निर्मुल पार्न सक्ने वैज्ञानिकको अनुमान
क्यान्सरको उपचार, कफिको दिनहु सेवनले
क्यान्सरका शुरुवाती ५ लक्षणः कहिले पनि वेवास्ता नगर्नुस्
क्यान्सरबाट जोगिने ८ उपाय
दैनिक खाइने यी खानाले क्यान्सर निम्त्याउने