१३ माघ, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छन् ।

आइतबार सभामुखमा निर्वाचित सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेकी हुन् । सोमबार मात्रै सभामुखको सथप ग्रहण गरेका सापकोटा र राजदूत यान्छीबीचकरिब आधाघण्टा कुराकानी भएको थियो ।

राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छन् । नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालस्थित कुटनीतिक नियोगको पहिलो व्यक्ति हुन् ।