४ पुस, काठमाडौं ।

निरन्तर संसद अवरुद्ध हुँदै आएपछि सभामुख ओनसरी घर्तीले खुलाउन पहल स्वरुप प्रमुख दलका शीर्ष नेतालाई बोलाएर गरेको छलफल निष्कर्षविहीन भएको छ ।

संसदमा कडा प्रतिकार गर्ने प्रतिपक्षी गठबन्धनको निर्णय

सभामुखले आफ्नै कार्यकक्ष सिंहदरबारमा डाकेको कांग्रेस, एमाले र माओवादीको शीर्ष बैठकले कुनै सहमति गर्न नसकेको हो ।

pm oli onsari prachanda deuwa 7345910

‘तीन र सभामुखबीच छलफल त भयो तर, केही भएन’ छलफलमा सहभागी कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठको भनाई छ, ‘सामान्य कुराकानी मात्र भयो ।’

छलफलमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सहभागी थिए । साथै, सबै दलका प्रम्ुख सचेतकको पनि सहभागिता थियो ।

संसदमा आज के होला ? भिडन्त कि !

एमालेले संविधान संसोधन प्रस्तावमा असहमति राख्दै संसद अवरुद्ध हुँदै आएको छ । संसद अवरुद्ध हुँदा लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव अलपत्र परेको छ । संविधान संसोधन र निर्वाचन सम्बन्धी कैयन् विधयेक अलपत्र छन् ।

भारतीय राजदुत रातिमा सुटुक्क बालुवाटार छिरेपछि. . .

यस्तोमा विश्वासको वातावरणका लागि भन्दै सभामुखले पहल गरे पनि नेताहरु आफ्नै अडानमा रहेका हुन् ।
यो छलफल अघि बसेको प्रमुख प्रतिपक्षी दलको बैठकले संसद चल्न नदिने निर्णय गरेको थियो ।