१३ असोज काठमाडौं । प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महरालाई एक महिलामाथि यौन दुव्र्यवहार गरेको गम्भीर आरोप लागेको छ ।

संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महराले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् । सभामुख महरा आइतबार राति रक्सीले मातेर आई आफूमाथि दुव्र्यवहार गरेको ति कर्मचारीको आरोप छ ।

आइतबार बेलुकी डेरामा पुगेका महराले श्रीमान् नभएको बेला आफूमाथि दुव्र्यवहार गरेको ति महिलाको आरोप छ । प्रहरी वृत्त नयाँ बानेश्वरले भने यसबारे कुनै उजुरी नपरेको र थाहा नभएको प्रतिक्रिया दिएको छ । तर पीडित भनिएकी महिलाले भने बानेश्वरबाटै आएको प्रहरीले आइतबारै आफ्नो कोठाको वस्तुस्थिती फोटो खिचेर लगेको दाबी गरेकी छिन् ।
आरोपबारे सभामुख महराको सचिवालयले प्रेस वक्तव्य जारी गर्दै यस्तो प्रस्टीकरण दिएको छ ।