८ साउन, काठमाण्डौं ।
संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले भोली सम्म संबिधानसभामा प्रतिबेदन बुझाउन नसक्ने भएको छ । जिल्ला गएको सभासद्को टोलीले प्रतिवेदन बुझाउन ढिलाई गरेपछि प्रतिबेदन समितिले संबिधान सभामा प्रतिबेदन बुझाउन ढिलाई भएको हो ।

हिजो नै संबिधानसभामा प्रतिवेदन बुझाउन पर्ने कार्यविधि भएपनि समितिको आग्रहमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भोलीसम्म प्रतिवेदन तयार गर्न भनेकाथिए ।
तर, अझै सबै जिल्लाको प्रतिबेदन नआएकोले भोली नै प्रतिबेदन बुझाउन सकिने अवस्था नरहेको समिति सभापति प्रमिला राणाले बताउनुभयो । ७५ जिल्ला मध्ये ५६ जिल्लामा खटिएका सभासदको टोलीको प्रतिबेदन आउन अझै बाँकी रहेको सचिवालयले जनाएको छ ।

सभासद्को टोली जिल्लाबाट फर्कनै समय लागेको र आज नेपाल बन्द भएकाले पनि समिति अप्ठ्यारोमा परेको हो । जिल्ला गत रुपमा सुझाबलाई एकीकृत गरी ७५ वटा प्रतिवेदन बनाएर संबिधानसभामा बुझाउने समितिको तयारी छ ।

२ सय ४० वटै निर्वाचन क्षेत्रमा मस्यौदामाथि जनताका सुझाव संकलन गर्न सोमबार र मङ्गलबार बृहत अन्र्तक्रिया गरिएको थियो भने संविधानसभा सचिवालयले टेलिफोन, फ्याक्स, इमेल बेवसाइटमार्फत पनि सुझाब संकलन गरेको थियो ।

अन्य माध्यामबाट आएका सुझावलाई भने भोलीसम्म अन्तिम रुप दिन सकिने समिति सचिव भरतराज गौतमले बताए ।