३१ साउन, काठमाडौं । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेको टेलिभिजन प्रस्तोता रबि लामिछानेले आफ्ना समर्थकलाई हात हल्लाउँदै अदालत गएका छन् ।

शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनको पछाडिपट्टीको गेटबाट रबि लामिछानेसहित युवराज कडेँल र रुकु कार्की भनिने अस्मिता कार्कीलाई अदालतमा पेश गरिएको छ । बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो । अदालतमा अहिले म्याद थपको सन्दर्भमा बहस चलिरहेको छ ।

अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो । तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको थियो । पत्रकार पुडासैनीले आफ्नो आत्महत्या गर्नुअघि आफ्नो मृत्युको मुख्य जिम्मेवारको रबि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की भएको बताएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।