२५ भदौ, काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आजदेखी निवेदन दिन सक्ने जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता रहेका उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न अनुरोध गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । विहान १० बजे देखि बेलुकी ६ बजेसम्म आयोगको कार्यालय कान्तिपथमा निवेदन दिन सकिने छ ।

निवेदन पेश गर्दा प्रतिनिधिसभा निर्वाचनका लागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि भाग लिने हो वा दुवैतर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्नेछ । अायाेगले २७ गतेसम्म निवेदन दिन सक्ने जनाएकाे छ ।