२७ साउन, एजेन्सी । भारतको आन्द्र प्रदेशस्थित विशाकापट्नम आइरहेको पानीजहाजमा आगलागी भएको छ ।

सामान बोकेर विसाकापट्नम बन्दरगाहतर्फ आउँदै गरेको पानीजहाजमा बिहान ११ः३० मा एक्कासी आगलागी भएको हो ।

आगलागीबाट आत्तिएर पानीमा हामफालेका २९ जनामध्ये २८ जनाको सफल उद्धार गरिएको छ भने एकजना बेपत्ता रहेको समाचार एजेन्सी एएनआईले जनाएको छ । बेपत्ताको खोजी जारी रहेको एएनआईको ट्वीटमा उल्लेख छ ।

आगलागी के कति कारणले भएको हो भन्नेबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन । हेरौं भिडियोः