२६ बैशाख, काठमाडौं ।

महाअभियोग प्रकरण पछि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको असन्तुष्टि कानून दिवसका अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा देखिएको छ ।

आज कानून दिवसका अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको चियापान कार्यक्रममा कार्यपालिका र व्यवस्थापिका प्रमुख उपस्थित भएनन ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती, कानून मन्त्री अजय शंकर नायक तथा महान्यायाधवक्ता रमण श्रेष्ठ पनि अनुपथित रहे ।

सरकारमा सहभागि हुने राज्यमन्त्रीहरुको सपथ कार्यक्रम रहकाले प्रधानमन्त्री उपस्थित हुन नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै सभामुखको सचिवालयले पूर्व निर्धारित अर्कै कार्यक्रम तय भएकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताएको छ । तर जे भएपनि प्रधानन्यायाधीश प्रति प्रधानमन्त्री र सभामुखको असन्तुष्टि स्पष्टै देखिन्छ ।

कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि अदालतले चालेको कदमविरुद्ध सरकार र संसद प्रमुख रुष्ट थिए ।